प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा


 


काठमाडौं, असार १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेका ओली आज प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।

ओली आइतबार पनि ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा छलफल गरेका थिए ।

ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा हलचल मच्चिएको छ । ओलीसंगको भेटपछि कांग्रेस सभापति देउवाले पनि सोमबार पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्