धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते
जनकपुरधाम, असार १७ । धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडकमा दुर्घटना भएको हो ।
राति ९ बजेतिर भएको बस दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये एकजनाको अवस्थामा मध्यम छ भने बाँकी समान्य छन् । उनीहरुको सबैका गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
बस दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १७ असार २०८१, सोमबार