मोर्चालाई नमस्कार गरेर बस्नु औचित्यहिन : रावल


 


काठमाडौँ, माघ ५
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले सानो संख्यामा रहेको मधेसी मोर्चालाई नमस्कार गरेर बसिरहेमा सरकारको औचित्य समाप्त हुने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधन नभई चुनाव हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार गरेर बसे सरकारको औचित्य समाप्त हुने बताएका हुन् ।

उनले दोस्रो संविधान सभाको निर्वाचनमा मोहन बैद्यहरु निर्वाचनमा नजाँदा पनि चुनाव नरोकिएको औंल्याउँदै अहिले दुईचार जना मधेशका ठालु नेताले भन्दैमा निर्वाचन नरोकिने बताए ।

त्यसैगरि उनले प्रम प्रचण्डले तत्काल निर्वाचनको मिति घोषण गुर्नपर्ने भन्दै संविधान सभाको निर्वाचन जस्तै अहिले पनि निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।

रावलले संविधान संशोधन निर्वाचन गर्नका लागि आवश्यक नभएको भन्दै मधेसी मोर्चाका नेताहरुलाई तराइ मधेशका जनताप्रति विश्वास भए आफ्ना एजेण्डा बोकेर निर्वाचनमा जान चुनौती दिए ।

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्