प्रतिक थापा र बेचेन झालाई अदालत लैजाँदै प्रहरी


 


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापा र बेचेन झालाई प्रहरीले आज अदालत लैजादैछ ।

प्रहरीको फरार सूचीमा रहेका प्रतिवादी थापा र झालाई पक्राउ गरेको प्रहरीले आज अदालत लैजान लागेको हो ।

थापा शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ परेका थिए भने झा शनिबार कञ्चनपुरमा पक्राउ परेका थिए । थापालाई यसअघि पेस भएको अभियोग पत्रमा बयानका लागि पेस गरिनेछ भने झालाई म्याद थपका लागि मात्र पेस गरिने छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमै राखेर मुद्दा दायर गरेको थियो । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् ।

प्रकाशित मिति: १६ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्