प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो ।

सिंहदरबारमा जारी भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको सिंहदरबार स्रोतले बतायो ।

उनीहरुबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा छलफल भईरहेको बताइएको छ ।

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो ।

अध्यक्ष ओलीसँग देउवाले बालकोट पुगेर भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै आज प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति: १६ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्