रास्वपा केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालको माग


 


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा.मुकुल ढकालले रास्वपा केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्।

१९ असार बुधबारका लागि डाकिएको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले माग गरेका हुन् ।

बुधबार बस्ने केन्द्रीय समिति बैठकमा समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।

बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापति रवि लामिछानेबाट जवाफ आइनसकेको महामन्त्री ढकालले बताए।

महामन्त्री ढकालले बिहीबार पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका छन्।

इलाम–२ को उपचुनावमा हार व्यहोरेपछि महामन्त्री ढकालले समीक्षा यात्रामा निस्किएका थिए।

उनले ३९ जिल्ला घुमेर प्रतिवेदन बुझाएका छन्। प्रतिवेदनमा पार्टी संकटापन्न अवस्थामा पुगेको र मुस्किलले राष्ट्रिय पार्टी बन्न सक्ने निष्कर्ष निकालेका छन्।

प्रतिवेदन सभापति लामिछानेलाई बुझाइए पनि सार्वजनिक भने गरिएको छैन ।

प्रकाशित मिति: १६ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्