क्यान्सरको उपचार गराइरहेका चिनियाँ नागरिक चितवनमा मृत भेटिए
चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका एक चिनियाँ नागरिक मृत भेटिएका छन्।
भरतपुर महानगरपालिका-७ स्थित वर्षना होटलमा ५६ वर्षीय पियान छ्याङसिन मृत भेटिएका हुन् ।
यही असार १० गतेदेखि सो होटलमा बसेर पियानले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।
उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
आइतबार बिहान ९ बजेतिर पियान कोठासँगै जोडिएको वाथरुममा घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए ।
क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन। घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित मिति: १६ असार २०८१, आइतबार