गण्डकीका संसद फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त


 


पोखरा । नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणीन्द्रलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन् ।

सर्वोच्च अदालतको आदेशले फणीन्द्र सांसदमा थमौती भएका थिए । फणीन्द्रलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएपछि २९ गते मन्त्री बनेका थिए ।

तर माओवादीले जेठ ३२ गते फणीन्द्रलाई कारबाही गरेपछि पद गुमाएका थिए। फणीन्द्र कारबाही विरुद्ध सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले मुद्दाको किनारा नलाग्दासम्म सांसदकै रूपमा कामकाज गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति: १६ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्