नदीहरुमा बढ्दै बाढीको सतह, सतर्कता अपनाउन आग्रह


 


काठमाडौं, असार १६ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आगामी तीन दिन नदीहरुमा बाढीको सतह उल्लेख्य बढ्ने जनाएको छ ।

नदीमा बाढीको सतह बढ्दा क्षति पु¥याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान छ ।

आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने महाशाखाले जनाएको छ ।

साथै इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, सल्यान, दैलेख, कैलाली, कन्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने नदीहरुमा पनि बहाव बढ्ने छ ।

प्रकाशित मिति: १६ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्