प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच टेलिफोन संवाद


 


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच आज विहान टेलिफोन वार्ता भएको हो ।

टेलिफोन संवादपछि दुई नेताबीच भेट तय भएको बालुवाटार स्रोतले बतायो ।

केहीबेरमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता हुनेछ। शनिबार कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो।

प्रकाशित मिति: १६ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्