सर्वोच्चको आदेशपछि फेरि मन्त्रालय फर्किँदै गण्डकीका फणीन्द्र


 


पोखरा, असार १६ । माओबादी केन्द्रको कारबाहीपछि पदमुक्त भएका गण्डकी प्रदेका सांसद फणीन्द्र देवकोटा फेरि संसद फर्किँदै मन्त्री बन्ने भएका छन् ।

कारबाही गर्ने निर्णयकाविरुद्ध सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटा आजै मन्त्रीको सपथ लिँदैछन् ।

देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिकै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेर सपथ खुवाउने तयारी गरेका छन् ।

गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १६ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्