भारतीय कप्तान शर्मा र पूर्वकप्तान कोहलीले लिए टी–२० बाट सन्न्यास


 


एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्।

आफ्नो खेल जीवनमा भारतलाई दोस्रो पटक टी–२० विश्वकप उपाधि जिताउने क्रममा विराटले सन्न्यासको घोषणा गरेका हुन् । उनी फाइनलमा राम्रो प्रदर्शन गर्दै प्लेयर अफ दि म्याच पनि घोषित भए ।

विश्वपक जितेपछि पत्रकार सम्मेलनमा बोल्दै कोहलीले भने, ‘यो सन्यास लिने सही समय हो । अब नयाँ पुस्ताले अगाडि बढाउनु पर्छ । यो‌ मेरो अन्तिम टी–२० विश्वकप हो ।’

सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए ।

भारतले १७ वर्षपछि टी–२० र १३ वर्ष आइसिसीको‌ उपाधि जितेको हो । सन् २००७ मा टी–२० र पछिल्लो पटक २०११ मा एस दिवसिय विश्वकपको उपाधि जितेको थियो । एक दिवसीय विश्वकप जित्दा टोलीको सदस्य रहेका विराटको यो पहिलो टी–२० विश्वकप उपाधि हो ।

यस्तै कोहलीले सन्न्यासको घोषणापछि कप्तान शर्माले पनि टी–२० बाट सन्न्यासको घोषणा गरका हुन्।

‘यो मेरो अन्तिम खेल हो, जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक क्षण आनन्द लिए । विदा लिने यो‌ समय हो।’

शर्मा यसअघि भारत सन्‌ २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बन्दा पनि टोलीका सदस्य थिए ।

प्रकाशित मिति: १६ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्