भाेलि प्रचण्डले क–कस्लार्इ मन्त्री बनाउँदैछन् ?


 


काठमाडाैं, माघ ५

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरी नयाँ मन्त्री थप्ने तयारीमा जुटेका छन् । स्राेतका अनुसार प्रचण्ड ले भोलि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

उनकाे नेतृत्वकाे सरकारकाे अायु करिब–करिब सकिन लागेकाे चर्चाका बिच एक सिटे दलबाट दुई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

स्रोतका अनुसार समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्कालार्इ प्रचण्डले मन्त्री बनाउन लागेका हुन्। सिंह खानेपानी तथा सरसफाइ र खड्का महिला बालबालिका तथा समाज कल्याण्ड मन्त्री नियुक्त हुने बताइकाे छ ।

अहिले प्रचण्ड सरकार ४१ सदस्यीय छ । प्रचण्ड सरकारका २ उपप्रधानमन्त्री छन् भने २४ मन्त्री र १४ राज्यमन्त्री छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् ४३ सदस्यीय हुनेछ ।

प्रचण्ड अाफ्नाे सरकारकाे अायु थप बढाउन र संविधान संशाेधन विधयेक पास गराउन इतिहासकै जम्बाे सरकार गठन गर्न पनि तयार रहेकाे बुझिएकाे छ । यसका लागि दूतहरू सक्रिय भएका छन् भने कमल थापा र विजय गच्छदारसँग छलफल समेत चलाइरहेका छन् ।

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्