काठमाडौंका यी स्थानमा आज ७ घण्टा विद्युत् काटिने


 


काठमाडौं, असार १५ । काठमाडौंका विभिन्न स्थानमा आज ७ घन्टा बत्ती काटिने भएको छ ।

विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडर अन्तर्गत पर्ने क्षेत्रहरूमा शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् काटिने जनाएको छ ।

प्राधिकरणका अनुसार उक्त फिडर अन्तर्गत पर्ने खुलामञ्च क्षेत्र, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुन्धारा, भन्सार विभाग हुँदै रानीपोखरीसम्म विद्युत् काटिने छ ।

प्राधिकरणले ती क्षेत्रमा प्रिभेन्टिभ मेन्टिनेन्स गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने जनाएको छ ।

प्रकाशित मिति: १५ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्