घरसहित पहिरोमा पुरिए वृद्ध दम्पती


 


काठमाडौँ, असार १५ । बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती गए राति पहिरोमा पुरिएका हुन् ।

घटना लगत्तै सो क्षेत्रमा अहिले प्रहरी टोली खटाइएको छ । पहिरोमा पुरिएका वृद्ध दम्पतीको स्थानीयले खोजविन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्