टी–२० विश्वकप : उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै


 


काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् ।

फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे बिज्रटाउनमा शुरु हुनेछ । भारत अस्ति भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो ।

भारतले यसअघि एक पटक उपाधि जितिसकेको छ भने अफ्रिका पहिलोपटक फाइनलमा पुगेको हो । भारतले पहिलो संस्करण सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलंकासँग पराजित भएको थियो ।

पहिलोपटक फाइनलमा पुगेको दक्षिण अफ्रिकाले सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।

दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । यी दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।

गत जुन २ तारिख अर्थात् जेठ २० गतेदेखि शुरु भएको प्रतियोगितामा नेपालसहित २० देश सहभागी थिए । नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति: १५ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्