सरकारले जातीय कुरा उठाएर सद्‍भाव भड्काउन खोज्यो – ओली


 


झापा , माघ ५

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जातीय कुरा उठाएर सद्‍भाव भड्काउन खोजेको आरोप लगाएका छन् । झापाको दमकस्थित हिमशिखर टेलिभिजनको सातौँ वार्षिकोत्सव तथा रेडियो हिमशिखर १०३.३ मेगार्हजको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले सरकारले मिलेर बसेको समाजलाई भड्काउने काम गरेको आरोप लगाए। संविधान संशोधन मार्फत सरकारले हिमाल, पहाड र तराई अलग्याउन खोजेको आरोप उनले लगाए।

जनताले सात दशक लामो संघर्षबाट प्राप्त गरेको संविधान कार्यान्वयनमा सञ्चार माध्यमले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाई छ। देशलाई अहित हुने काम एमालेले कहिल्यै नगर्ने ओलीको कथन थियो। ‘सञ्चारमाध्यममा बेथिति’ ओलीले सञ्चार माध्यमको तीब्र परिर्वतनसँगै देशमा बेतिथि मैलाएको बताए। सामाजिक सञ्जाल मार्फत प्रयोग गर्नै नहुने शब्द प्रयोग गरेर प्रतिक्रिया दिने गरिएको भन्दै उनले आक्रोश ब्यक्त गरे।

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्