पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ, भोली आदलतमा पेश गरिने


 



काठमाडौं, १४ असार। पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् ।

पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई आइतबार अदालतमा पेश गरिने भएको छ ।

बौद्धबाट शुक्रबार साँझ पक्राउ परेका थापालाई आज जिल्ला प्रहरी परिसर टेकुमा राखिने उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका अभियुक्त हुन् । भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै सरकारले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलको प्रतिवेदनमा नक्कली नामहरू घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको बताइएको छ । त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्