ईयूद्वारा युक्रेनलाई एक अर्ब ९० करोड यूरो प्रदान


 


एजेन्सी । युरोपियन युनियनले युक्रेनलाई प्रतिरक्षा र सुरक्षाका लागि १.९ अर्ब युरो प्रदान गरेको छ ।

रूससँगको द्वन्द्वको बीचमा युक्रेनको सुरक्षाका लागि युरोपियन युनियनले १.९ अर्ब युरो प्रदान गरेको हो।

युरोपेली सङ्घका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेन सुविधाअन्तर्गत कोषको उद्देश्य युक्रेनी राज्यलाई ‘स्वतन्त्रताका लागि लडाइँ’ गर्दा चलाउनका लागि रहेको बताए।

उनले युक्रेनसँगको विलय वार्ताको उद्घाटनलाई ‘ऐतिहासिक क्षण’ को रूपमा वर्णन गर्दै किएभले ईयूमा आफ्नो ‘सही स्थान’ पाउने बताए।

जेलेनेस्कीले एक ऐतिहासिक क्षणमा आफ्नो सही स्थान पाउने बताउदै युक्रेन सुविधाअन्तर्गत अरबौँ रकम वितरण गरिने ईयू प्रमुखले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

यसअघि ईयूले गत हप्ता यूरोपेली समूहका सदस्य राष्ट्रहरूबाट स्वीकृति प्राप्त गरेपछि युक्रेन र मोल्दोभासँग प्रवेश वार्ता सुरु गरेको अल जजिराले जनाएको थियो ।

हङ्गेरीले यस कदमलाई रोक्ने प्रयास गरेपनि गत हप्ता समूहका २७ सदस्यहरूको सम्झौता सुरक्षित भएको थियो ।

टर्की र धेरै पश्चिमी बाल्कन राज्यहरूले विलय प्रक्रियामा वर्षौं बिताएका हुनाले वार्ताले अन्ततः ईयू सदस्यतामा लैजाने सुनिश्चितता भने गरेको छैन ।

वार्ताले जारी रुस र–युक्रेनको द्वन्द्वले युरोपेली सङ्घको सदस्यता विस्तार गर्ने प्रयासलाई पुनः र्जीवित भने गरेको छ ।

प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्