यी दुई फिल्मका लागि टाइगरले लिएका थिए झन्डै १६५ करोड भारु !


 


नयाँ दिल्ली । हालैका दिनमा वासु भगनानी र ज्याकी भगनानीको प्रोडक्सन कम्पनी पूजा इन्टरटेनमेन्ट लगातार चर्चामा छ । मिडिया रिपोर्टका अनुसार कम्पनीमाथि साढे २ अर्ब भारुको ऋण छ ।

ऋणका कारण कम्पनीले आर्थिक सङ्कट भोगिरहेको छ र ७ तले अफिस भवन सरेर दुई बेडरुमको फ्ल्याटमा अफिस सारिएको बताइएको थियो । यो लगत्तै चार फिल्मका लागि कम्पनीले अक्षय कुमारलाई १६५ करोड भारु पारिश्रमिक दिएको खबर पनि आएको थियो । यसैबिच अहिले चकित पार्ने दुइटा कुरा बाहिर आएको छ ।

अक्षयकुमारले लिएका होइनन् पैसा
मिडिया रिपोर्टका अनुसार निर्माता सुनिल दर्शनले अक्षय कुमारलाई १६५ करोड भारु दिएको कुरा अस्वीकार गरेका छन् । सुनिलले भर्खरै एक अन्तरवार्तामा अक्षय कुमारलाई कति पारिश्रमिक तिरेको हो भन्ने विषयमा आफू टिप्पणी गर्न नसक्ने तर १६५ करोड भारु दिएको कुरा गलत भएको बताएका थिए ।

टाइगर श्राफको पारिश्रमिक १६५ करोड भारु नजिक
सुनिलले अर्को एउटा अचम्मको कुरा सुनाएका छन् । १६५ करोड भारु टाइगर श्राफको पारिश्रमिक नजिक भएको उनले बताएका थिए ।

टाइगरले पूजा इन्टरटेनमेन्टको ब्यानरमा बनेका दुई फिल्म ‘गणपत’ र ‘बडे मियाँ छोटे मियाँ’मा काम गरिसकेका छन् । यी दुवै फिल्ममा धेरै पैसा खर्च गरिएको थियो । तर दुवै फ्लप भए ।

सुनिलको बयानपछि टाइगर श्राफको पारिश्रमिकलाई लिएर चर्चा सुरु भएको छ । सुनिलले अन्तरवार्तामा टाइगरलाई दुई फिल्मका लागि धेरै पारिश्रमिक दिएको सङ्केत गरेका थिए ।

प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्