राजनीतिक दल र नेताहरूले नै प्रहरीलाई पंगु बनाए : पृथ्वीसुब्बा गुरूङ


 


काठमाडौं । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरूङले राजनीतिक दल र नेताहरूले नै प्रहरी संगठनलाई पंगु बनाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरूङले यस्तो बताएका हुन् । उनले प्रहरीमा राजनीतिकरणदेखि पार्टीकरण हुँदै गुटकरण र व्यक्तिकरणसम्म पुगेको बताए।

यसबाट नेपाल प्रहरीले स्वतन्त्र ढंगले काम गर्ने परिस्थति नबनेको र आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता प्रदर्शन गर्न नसकेको सांसद गुरूङको भनाई छ।

सांसद गुरूङले भने, ‘ नेताहरूका पुलिसका हाकिम छन्। प्रहरीले स्वतन्त्र ढंगले काम गर्ने परिस्थिति बनेको छैन। किन भने पुलिस यतिधेरै ध्वस्त बनाएका छौं । नेतासँग सोधेर मात्रै, मन्त्रीसँग, सांसदहरूसँग सोधेर लिने कि नलिने भन्ने फैसला गर्छ । कति धेरै भ्रष्ट बनाइयो। यो चिजबाट नेपाल प्रहरीलाई उठाइएन भने नेपाल प्रहरी माथि उठंन सक्दैन। सुशासन र शान्ति व्यवस्था कारयम रहन सक्दैन। ‘

सांसद गुरूङ प्रहरीलाई लोकतान्त्रिकरण नगरी संघीय लोकतान्त्रिक गणतन्त्रले प्रतिफल नपाउने बताए।

उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र अपराध नियन्त्रण जे कुरा गरेपनि स्वतन्त्र ढंगले मुद्दा हाल्यो भने प्रहरी ले उजुरी लिनै नसक्ने बताए ।

विश्वमा ख्याती कमाएको नेपाली सेनालाई पनि संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउन नसकिएको उनले बताए।

प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्