तोलामा एक हजार रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ।
अघिल्लो दिन प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार