गुल्मीमा ट्याक्टर दुर्घटना, ६ वर्षीय बालकको मृत्यु


 


गुल्मी, असार १४ । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका–४ छल्दीबाट सदरमुकाम तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर रायढुङ्गामा दुर्घटना भएको हो ।

ट्याक्टर दुर्घटना हुँदा गुल्मीको मालिका गाउँपालिका वडानम्बर २ का ६ वर्षीय शिव बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

त्यस्तै दुर्घटनामा परेर गाडी चालक २६ वर्षीय चालक दिपक गोतामे र सहचालक १९ वर्षीय राजकुमार बिक गम्भीर घाइते भएका छन् ।

घाइतेलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ट्याक्टर तम्घास÷सिमलटारी पक्की सडकबाट ६०÷७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्