टी–२० विश्वकपको फाइनलमा भारत र साउथ अफ्रिका भिड्ने


 


काठमाडौं । आइसिसी टी–२० विश्वकपको सेमिफाइनल खेलामा इंग्ल्याण्डलाई पराजित गर्दै भारत फाइनलमा पुगेको छ ।

गएराति वेस्ट इण्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो ।

१७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई भारतले १६.४ ओभरमा अल आउट गर्दै १०३ रनमा समेट्यो ।

त्यस क्रममा अक्षर पटेल र कुलदीप यादवले ३÷३ तथा जसप्रित बुमराहले २ विकेट लिए । इंग्ल्याण्डका लागि सबैभन्दा बढी ह्यारी ब्रूकले २५ रन बनाए ।

कप्तान तथा ओपनर जोश बट्लरले १५ बलमा चार चौका हानेर २३ रन बनाएका थिए । जोफ्रा आर्चरले १५ बलमा १ चौका र २ छक्का हानेर २१ रन बनाए।

लियाम लिभिङस्टोनले ११ रन जोडे । त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । यससंगै विश्वकपको उपाधिका लागि फाइनलमा अब भारत र साउथ अफ्रिका भिड्ने भएका छन्

प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्