सुनको भाउ बढ्यो


 


काठमाडौं, माघ ५

आज सुनको भाउ बढेको छ । जस अनुसार हिजो फाइन गोल्डको मूल्य प्रतितोला ५५ हजार ३ सय रुपैयाँ रहेकोमा आज प्रतितोलामा २ सयले बढेर प्रतितोला ५५ हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै हिजो स्टाण्डर्ड गोल्डको मूल्य प्रतितोला ५५ हजार रुपैयाँ रहेकोमा आज प्रतितोलामा २ सयले बढेर ५५ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेकोमा आज ५ रुपैँयाले बढेर ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्