चीनको उत्कृष्ट गुणस्तरको जीएसी मोटर्स नेपाली बजारमा


 


काठमाडौँ । विश्वव्यापी अटोमोबाइल ब्राण्ड जीएसी मोटर्स नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता सीजी मोटर्स मार्फत प्रवेश गरेको छ। उच्च गुणस्तर, नवप्रवर्तन, र अत्याधुनिक प्रविधिको लागि विश्वभरि ख्यातिप्राप्त जीएसी मोटर्सले आफ्नो नयाँ AION Y SUV को नेपाली बजारमा लञ्च गर्दै आफ्नो उपस्थितिलाई विस्तार गरेको हो।

जीएसी मोटर्स, चीनको अटोमोबाइल ब्राण्ड गुणस्तर रैंकिङमा नम्बर १ मानिएको छ भने अनुसन्धान र विकास र प्रविधिमा संसारभर प्रसिद्ध छ। ब्राण्डले यूएईमा “उत्तम चिनियाँ अटोमोबाइल ब्राण्ड” र नाइजेरियामा ” अटोमोबाइल इन्टरप्राइज अफ द एअर ” जस्ता धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेर आफ्नो प्रतिष्ठा स्थापित गरेको छ।

अब, जीएसी मोटर्सले AION Y मार्फत नेपाली बजारमा ड्राइभिङ अनुभवमा परिवर्तन ल्याउन तयारी गरेको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्