बीआरआईबारे सरकारले चीनसँग कच्चा खेल खेल्यो : एनपी साउद


 


काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले बीआरआईबारे सरकारले कच्चा कूटनीतिक खेल खेलेको आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेता साउदले यस्तो आरोप लगाएका हुन् ।

बीआरआईबारे सरकारले चीन र अन्य मुलुकसँग फरक–फरक कुरा गरेर कच्चा कूटनीतिक खेल खेलेको नेता साउदको आरोप छ ।

नेता साउदले भने, ‘चीनलाई बीआरआईमा सम्झौता कार्यान्वयन गर्न तयार छौं भनेर लगातार सन्देश दिने, त्यो अनुभूतिलाई सत्ता समीकरण बनाउन प्रयोग गर्ने काम भयो । अन्य मुलुकलाई बीआरआई रोक्न खोजिरहेका छौं भन्ने कच्चा चाल भयो भने अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा घट्छ ।’

बीआरआई सम्झौतामा हस्ताक्षर गर्नेबारे सरकारले प्रतिपक्षी दलसँग छलफल नै नगरेको उनले बताए । नेता साउदले बीआरआईमा सरकारले अत्यन्त अपरिपक्व ढंगले काम गरिरहेको बताए ।

सरकारले कूटनीतिक रूपमा अपरिपक्व किसिमले छिमेकी र विश्वसँग व्यवहार गरिरहेको र त्यसले कूटनीतिक क्षमता उदांगो भएको उनले बताए ।

नेता साउदले बीआरआईबाट अनुदान लिन सकिने भएपनि महंगो ब्याजदरको ऋण अस्वीकार गर्नुपर्ने बताए ।

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्