गणितमा झण्डै १ लाख ७८ हजार विद्यार्थी अनुत्तीर्ण, एक लाख १५ हजारले पूरक परीक्षा दिन पाउने


 


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा सहभागीमध्ये ४७.८६ प्रतिशत मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् ।

सार्वजनिक भएको नतिजाअनुसार अनिवार्य गणित विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या अन्य विषयभन्दा धेरै छ।

नतिजाअनुसार १ लाख ७७ हजार ९८५ जना विद्यार्थीको गणित विषयमा एनजी (नन ग्रेड) आएको छ ।

परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन् ।

कुनै एक विषयमा नन ग्रेड भए ११ कक्षा पढ्न अयोग्य हुन्छन् । गणितमा विषयको परीक्षामा ८ हजार ११ जना विद्यार्थी अनुपस्थित भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गणितपछि विज्ञान विषयमा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले नन ग्रेड पाएका छन् ।

अंग्रेजी विषयमा १ लाख १३ हजार ३८३ र सामाजिक अध्ययनमा ७३ हजार ८७७ जनाले एनजी ल्याएका छन् ।

बोर्डका अनुसार ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ।

तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ। उनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्