गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक


 


पोखरा । सर्वोच्च अदालतले पद थमौती गरिदिएका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ । संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन् ।

देवकोटाले संसद् सचिवालयलाई पहिले नै आफू आएको जानकारी गराए पनि सहजीकरण नगरिएको बताएका छन् । ‘मैले सभामुख ज्यू, मुख्यमन्त्रीज्यू सबैलाई जानकारी गराएको छ । म आएँ व्यवस्था मिलाइदिनु भनेको थिएँ,’ उनले भने, ‘तर बैठक कक्षमा प्रवेश गर्ने बेलामा मर्यादा पालकले पर्खनुस् भने म बाहिरै परेँ ।’

अहिले संसद् बैठक चलिरहेको छ । देवकोटा भने फर्किने तयारीमा छन् । सर्वोच्चले माओवादीले देवकोटालाई कारबाही गर्न नमिल्ने भन्दै अर्को आदेश नहुँदासम्म यथास्थितिमा काम गर्न दिने गरी अन्तरिम आदेश दिएको छ । अदालतको आदेशसँगै उनको संसद् पद कायम भएको छ ।

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्