त्रिभुवन विमानस्थलबाट फर्काइए राजेश पायल राई, रक्सी खाएर झगडा गरेको आरोप


 


काठमाडौं । दुबई जान लागेका गायक राजेश पायल राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।

अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि राईलाई विमानस्थलबाटै फर्काइएको हो ।

गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए।

तर उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाएको थियो।

राईमाथि अत्यधिक मदिरा खाएर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेको आरोप छ ।

जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका थिए।

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्