दुर्घटनामा तीन जनाको मृत्यु


 


धनुषा, माघ ५

धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जनकपुर–धनुषाधाम सडक खण्डको धनुषाधाम नगरपालिका–१ इनर्वामा ज १ त २६५९ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । तीब्र गतिका कारण ट्रयाक्टर दुर्घटना हुँदा चालक धनुषाधाम नगरपालिका–१ गोबिन्दपुरका २५ वर्षका श्रीनारायण सदा, सिरहा गोलबजारका २२ वर्षकी निजनी खातुन र खातुनकी १८ महिनाकी छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालामा राखिएको छ ।

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्