एसईईमा २ लाख ४२ हजार ३१४ जना फेल


 


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइईको नतिजामा २ लाख ४२ हजार ३१४ जना परीक्षार्थी फेल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज पत्रकार सम्मेलन गरेर सो संख्याका विद्यार्थी नन ग्रेडेड अर्थात फेल भएको बताएको हो ।

उत्तीर्ण हुने विद्याथीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् ।

यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपी २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २०.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।

परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्