यसरी हेर्नुहोस् एसईईको नतिजा


 


काठमाडौँ, असार १३ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान प्रकाशित भएको छ । नतिजासम्बन्धी विवरणसहितको जानकारी दिन विभिन्न माध्यम उपलब्ध गराइएको छ ।

नतिजाको विवरण हेर्न वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

बोर्डका अनुसार नेपाल टेलिकममार्फत एसएमएस र आईभीआर (१६०० सर्टकोड) मार्फत हेर्न सकिनेछ ।

यस्तै स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकमार्फत एसएमएसमार्फत क्रमशः सर्टकोटहरु ३४४५५, ३५००१, ३४९४९, ३१००३ प्रयोग गरेर हेर्न सकिनेछ ।

यस्तै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट  www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np ल लगायतका वेबसाइट प्रयोग गरेर हेर्न सकिनेछ ।

नतिजाअनुसार परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्