जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै


 


काठमाडौँ, असार १३ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका साथै समसामयिक विषय, पार्टीको आन्तरिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।

साथै पार्टी विभाजनपछि सङ्गठन विस्तारको योजना अघि सार्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्