नारायणी नदीमा डुबेर एक बालक वेपत्ता


 


नवलपरासी, असार १३ । नवलपुरमा नारायणी नदीमा डुबेर एक जना बालक वेपत्ता भएका छन् ।

गएराति गैडाकोट ६ गैह्री बस्ने बर्ष ८ का युनिस नेपाली नारायणी नदीमा डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

नेत्रबहादुर नेपालीको छोरो युनिस नेपाली गएराति ८ बजेतिर घरदेखि ५ सय मिटर पर नारायणी नदी किनारमा राखेको काठको डुंगामा साथीहरुसँग खेल्ने क्रममा डुंगाबाट चिल्पिएर नदीमा वेपत्ता भएका हुन् ।

३ जना बालकहरु डुंगामा खेलिरहेकोमा युनिस नारायणीमा डुबेर वेपत्ता भएपछि अन्य साथीहरुले घर खबर गरेका थिए । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्