रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु


 


तनहुँ, असार १३ । रुसी सेनामा कार्यरत तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वाराका एक युवाको मृत्यु भएको छ ।

सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो ।

रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएका हुन् । स्थानीयका अनुसार उनी १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन थिए ,

घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको स्थानीय टेकबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् ।

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्