विवादका बाबजुद उच्च अदालतमा नियुक्ति भएका ८० जना न्यायधिशहरुले आज शपथ खादै


 


काठमाडौं, माघ ५

विवादका बाबजुद पनि उच्च अदालतमा नियुक्ति भएका ८० जना न्यायधिशहरुले आज पद तथा गोपनियताको शपथ खादै छन् । प्रधानन्याधिश शुशिला कार्कीले उनीहरुलाई आज दिउसो १ बजे सर्वोच्च अदालत परिषरमा पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।

न्यायपरिषद्ले उच्च अदालतमा गलत सिन्द्धान्तको प्रयोग गरी रिक्त न्यायधिश नियुक्ति गरेको भन्दै सरकारी वकिल नेपाल बार र केही राजनीतिक दल समेत विरोध गरिरहेको छ । विरोधका विच पनि सर्वोच्च अदालतले भने नवनियुक्त उच्च अदालतको न्यायधिशको शपथ ग्रहण कार्यक्रम तय गरेको हो ।

नियुक्ति प्रति असन्तुष्ट सरकारी वकिलहरुले प्रधानन्यायधिश कार्कीलाई हिजो भेट गरी औपचारिक रुपमै असहमति जनाइसकेका छन् । उनीहरुले निर्णय पुर्नविचार नभए बेन्च नै बहिष्कारको चेतावनी समेत दिइसकेका छन् ।

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्