पहिरोका कारण विभिन्न स्थानका सडक अवरुद्ध


 


काठमाडौं । अविरल वर्षापछि देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध बन्न पुगेका छन् । बुधबार बिहान पहिरो जाँदा जाजरकोट, कालिकोट, लमजुङ, अछाम र म्याग्दीका सडक अबरुद्ध भएका हुन् ।

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नास्थित डोल्पा–जाजरकोट सडक खण्ड, कालिकोटको खाँडाचक्र नगरपालिका–७ पिलीस्थित कर्णाली राजमार्ग, लमजुङको बेसीशहर नगरपालिका–६ खरखरेस्थित बेसीशहर–मनाङ सडक खण्ड अबरुद्ध बनेको छ।

यस्तै अछामको साँफेबगर नगरपालिका–१३ बुढाबगरस्थित साँफे–मार्तडी सडक खण्ड र म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण पूर्णरूपमा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो गएका सबै स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरीरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै विभिन्न स्थानका ग्रामीण सडकहरु पनि वर्षासँगै अबरुद्ध बनेको खबर प्राप्त भएका छन् ।

प्रकाशित मिति: १२ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्