भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा जाने


 


एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो जुलाईमा रुसको भ्रमणमा जाने भएका छन् ।

सो मामिला जानकार अधिकारीहरूका अनुसार त्यसक्रममा मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनेछ ।

रुसको सरकारी न्युज एजेन्सी आरआईएका अनुसार रुसी राष्ट्रपतिका सहायक युरी उशाकोवले मोदीको भ्रमणको तयारी भइरहेको बताए ।

उनका अनुसार प्रधानमन्त्री मोदीको स्वागतको तयारी भइरहेको छ ।

प्रकाशित मिति: १२ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्