सुन काण्ड : झन् रहस्यमय, किन समातिएनन् मालिक ?


 


काठमाडौं, माघ ५
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला ? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ ।

केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको करिव दुइ साता बित्न लाग्यो । तर सुनको मालिक को हो भनेर पत्ता लगाउन सकेको छैन ।

सीआईबीले आफूहरु अनुसन्धानमा रहेको बताईरहेको छ । तर पछिल्लो घटनामा सीआईबीले कुनै प्रतिक्रिया दिएको छैन ।

उच्च स्रोतका अनुसार सुनको मालिक पक्राउ गर्दा ठूलो मान्छे तानिने डरले अनुसन्धानको विवरण सार्वजनिक गरिएको छैन ।

सीआईबी प्रमुख डीआईजी नवराज सिलवाललाई सम्पर्क गर्दा उहाँले सधै एउटै जवाफ दिने गर्नुभएको छ । हामीले अनुसन्धान जारी राखेका छौं ।

सीआईबीले संगठित अपराध ऐन अनतर्गत छानविन गरिरहेको हुनाले अनुसन्धानको म्याद ६० दिनको हुन्छ । त्यो बेलासम्म कुनै न कुनै प्रतिवेदन आउँछ नै होला स्रोतले भन्यो । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्