रास्वपा प्युठानका संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग
प्युठान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनले मंगलबार फेसबुकमार्फत आसन र भाषणमा रमाउन नसकेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
‘आजको मितिदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन् ।
उनले थप लेखेका छन्, ‘समाज, मेरो बुझाइ र मेरो स्वभाव कहीँ कतै केही समस्या अवश्यै छ, त्यसैले मलाई म पार्टीगत राजनीतिका लागि योग्य होइन भन्ने लाग्यो । अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो । आसन र भाषणमा मात्रै रमाउन मनले मानेन ।’
प्रकाशित मिति: १२ असार २०८१, बुधबार