सर्पको टोकाइबाट एक बालिकाको मृत्यु


 


दमक, असार १२ । झापाको कचनकवल गाउँपालिकामा विषालु सर्पले टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ ठूलो केचना बस्ने हरि प्रसाद राजवंशीको छोरी १२ वर्षीया मनीषा राजवंशीको सर्पको टोकाइबाट मृत्यु भएको हो । उनलाई आफ्नै भण्डार कोठा भित्र टेबल निकाल्ने क्रममा विषालु सर्पले डसेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विषालु सर्पले टोकेको थाहा पाएर परिवारले तत्कालै उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको त ।

प्रकाशित मिति: १२ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्