लमजुङको बेसिसहरमा पनि पहिरोबाट एक जनाको मृत्यु


 


लमजुङ, असार १२ । लमजुङको बेसीसहर नगरपालिका–११ चिति स्याउतमा गएराति पहिरोले पुरिंदा एक जनाको मृत्यु भएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन् । उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन् ।

घाइते दुबै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले बेसीसहर चामे सडकखण्ड बन्द भएको छ ।

जिल्लाको क्ब्होंलासोथर गाउँपालिका–३ उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति गएको पहिरोमा तीन घर पुरिँदा चार जनाको बेपत्ता भएका छन्।

स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाउँदा चारजना बेपत्ता भएका हुन्।

पहिरोमा परी ६९ वर्षीय रूद्रमान गुरूङ, बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरूङ, दुई नातिनीहरू ७ वर्षीया ईच्छा गुरूङ र ५ वर्षीया नम्रता गुरूङ बेपत्ता छन्।

प्रकाशित मिति: १२ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्