जनसंख्याभन्दा ४० लाख बढी टेलिफोन, ३ करोड सिमकार्ड


 


काठमाडौं, माघ ५

नेपालको जनसंख्या भन्दा करिव ४० लाख बढी टेलिफोन वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्याको तुलनामा एक सय २३ प्रतिशत बढी फोन वितरण भएको छ । यो संख्या ल्यान्ड लाइन र मोवाइल दुबै गरी हो ।

केन्द्रिय तथ्यांक विभाग अनुसार हाल नेपालको जनसंख्या दुइ करोड ८६ लाख पुगेको छ । टेलिफोन भने तीन करोड २५ लाख पुगेको छ ।

एक जना व्यक्तिले एकभन्दा बढी सेवा प्रदायकको सीमकार्ड लिएका कारण जनसंख्याभन्दा बढी टेलिफोन पहुँचमा पुगेको देखिएको हो । एकजनाले एउटै सेवाप्रदायक वा फरक फरक कम्पनीको सेवा लिएका कारण टेलिफानेको पहुँच बढेको हो ।

प्राधिकरणले सार्वजनिक गरेको गत असोजसम्मको तथ्यांक अनुसार मोवाइल प्रदायकले बाँडेको सिमकार्डको संख्या मात्रै तीन करोड छ । आजको अन्नपुर्ण पोष्ट दैनिकमा सामाचार छ ।

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्