पहिरोले घर र गोठ पुरिँयो, १ जनाको मृत्यु


 


ओखलढुंगा, असार १२ । ओखलढुंगामा अविरल वर्षासंगै गएको पहिरोले घर गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको चिशंखुगढी गाउँपालिका ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा परिएर खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घर पुरिंदा खत्री र निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १२ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्