महिला एशिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल र युएई खेल्ने


 


काठमाडौं, असार १२ । एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् ।

एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार जुलाई १९ मा श्रीलंकामा हुने उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका हुन् ।

समूह ‘ए’ मा रहेको नेपालले अब पाकिस्तानसँग जुलाई २१ र भारतसँग जुलाई २३ मा खेल्ने तालिका छ ।

प्रकाशित मिति: १२ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्