चट्याङ लागेर सुतिरहेका नन्द-भाउजुको मृत्यु


 


रोल्पा, असार १२ । मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ ।

रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको चट्याङ लागेर गएराति मृत्यु भएको हो । उनीहरु नाताले नन्द–भाउजू हुन ।

बुधवार (आज) बिहान १ बजेतिर सुतिरहेको अवस्थामा जाइता र गोमालालाई चट्याङले हानेको थियो । चट्याङ लागेर उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले बताए ।

प्रकाशित मिति: १२ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्