एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी


 


काठमाडौं, असार १२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने तयारी रहेको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

उनका अनुसार यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।

गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

प्रकाशित मिति: १२ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्