देशभर मनसुन सक्रिय, केही ठाउँमा भारी वर्षा


 


काठमाडौं, असार १२ । हाल देशभर मनसुनी सक्रिय भएको छ । हाल देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहेको छ ।

बागमती प्रदेशको थोरै स्थानमा तथा गण्डकी, कर्णाली र कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि वर्षा भइरहेको रहेको जल तथा मौसम विभागले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै, आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी ,मधेश ,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति: १२ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्