साहसिक जलयात्रा प्रतियोगिता सम्पन्न
सिन्धुपाल्चोक, ११ असार : साहसिक जलयात्राअन्तर्गत भोटेकोशी नदीमा आयोजित ‘२२औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल एशोसिएशन अफ -याफ्टिङ एजेन्सिज (नारा) द्वारा सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आयोजित राष्ट्रियस्तरको उक्त प्रतियोगिता आज सम्पन्न भएको हो । नेपाल पर्यटन बोर्ड र संस्कृति तथा पर्यटन मन्त्रालय, बागमतीको सहकार्यमा आयोजित राष्ट्रियस्तरको खुला प्रतियोगितामा -याफ्टिङ र कायाकिङ गरी दुई विधामा प्रतियोगिता गरिएको थियो ।
-याफ्टिङतर्फको उपाधि भोटेकोशी एड्भेन्चर क्लबले हात पारेको छ । क्लबले भोटेकोशी सुकुटेस्थित आठ किलोमिटरको निर्धारित दुरी २९ मिनेट ५१ सेकेन्डमा पार गरेर प्रथम स्थान हासिल गरेको हो । -याफ्टिङ स्टारले निर्धारित दुरी ३१ मिनेट सात सेकेन्डमा पार गर्दै दोस्रो स्थान प्राप्त ग-यो । त्रिभुवन आर्मी क्लब ‘ए’ ले ३१ मिनेट ३४ सेकेन्डमा दुरी पार गरी तेस्रो स्थान बनायो । उपाधि हासिल गर्ने क्लबलाई नगद रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
दोस्रो र तेस्रोले क्रमश रु २० हजार र १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । -याफ्टिङ खेलमा १४ वटा समूहले सहभागिता जनाएका थिए । कायाकिङतर्फ सुरेन्द्र माझी प्रथम भए । उनले ३० मिनेट ५१ सेकेन्डमा निर्धारित दुरी पार गरे । ३० मिनेट ५४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै कृष्ण खड्का दोस्रो भए । विजय माझीले ३१ मिनेट तीन सेकेन्डमा दुरी पार गरी तेस्रो भए । उनीहरुले क्रमश नगद रु २० हजार, १० हजार र पाँच हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । कायाकिङमा २४ जना खेलाडीको सहभागिता रहेकोे थियो ।
नेपालको जलयात्रा व्यवसायलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले साहसिक खेलका लागि नेपाल सुरक्षित रहेको सन्देश दिने नेपाल एशोसिएशन अफ -याफ्टिङ्ग एजेन्सिजका अध्यक्ष शिव अधिकारीले बताउनुभयो ।
प्रकाशित मिति: ११ असार २०८१, मंगलबार